मेरो माइक्रोफाइनान्स लघुवित्तकाे सीईओमा पुनः दाहाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मेरो माइक्रोफाइनान्स लघुवित्तकाे सीईओमा पुनः दाहाल नियुक्त



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रामहरि दाहाल नियुक्त भएका छन्।संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओमा पुनः दाहाललाई नियुक्त गर्ने निर्णय गरेको हो।

आगामी असोज १ गतेदेखि लागू हुने गरी दाहाललाई पुनः ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो। दाहाल हाल मेरो माइक्रोफाइनान्स सीईओका रुपमा कार्यरत छन्। उनको कार्यकाल यही भदौ मसान्तमा समाप्त हुँदैछ।

प्रकाशित : ८ भाद्र २०८०, शुक्रबार ११:५४