डेढ लाख बढी सदस्य रहेको सहारा नेपाल साकोसमा २८.४४ प्रतिशत तरलता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

डेढ लाख बढी सदस्य रहेको सहारा नेपाल साकोसमा २८.४४ प्रतिशत तरलता



काठमाडौं । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १० अर्ब ९८ करोड बढी लगानी गरेको जनाएको छ । संस्थाले प्रकाशन गरेको साउन महिनाको वित्तिय विवरण अनुसार १० अर्ब ९८ करोड ११ लाख ६५ हजार ६८४ रुपैया लगानी गरेको उल्लेख छ ।

संस्थाले १ अर्ब ६४ करोड ९४ लाख १५ हजार ३ सय रुपैया शेयर पूजी तथा ११ अर्ब १२ करोड ८६ लाख ९९ हजार ९०१ रुपैया बचत संकलन गरेको जनाएको छ ।

१ अर्ब २७ करोड २६ लाख ३८ हजार ९७६ रुपैया कूल संस्थागत पूँजी तथा १५ अर्ब ३७ करोड ६२ लाख ७२ हजार ३६९ रुपैया कूल सम्पत्ति रहेको जनाएको छ ।

संस्थाले प्रकाशन गरेको साउनको विवरण अनुसार जगेडा कोषमा १ अर्ब २३ करोड ५७ लाख ५३ हजार ६५७ रुपैया तथा ४४ करोड ३१ लाख ८७ हजार ९९१ रुपैयाँ विभिन्न कोषमा रहेको जनाइएको छ ।

संस्थामा साउन मसान्तसम्म २८.४४ प्रतिशत अर्थात ३ अर्ब १६ करोड ५० लाख ८९ हजार ५६७ रुपैया तरलता रहेको जनाएको छ । २५ करोड ९ लाख ७७ हजार ३२३ रुपैयाँ बाह्य ऋण रहेको संस्थाले जनाएको छ

१ लाख ५७ हजार ८६१ जना सदस्य रहेको संस्थामा ७५ हजार ५४० जना ऋणी सदस्य रहेको संस्थाले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।

प्रकाशित : ८ भाद्र २०८०, शुक्रबार ११:०६