पोखरा रोयल सहकारीमा साउन मसान्त सम्म २६ प्रतिशत तरलता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पोखरा रोयल सहकारीमा साउन मसान्त सम्म २६ प्रतिशत तरलता



कास्की । बुद्धचोक, पोखरामा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले साउन समन्ता सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले सार्वजनिक गरेको विवरण अनुसार साउन ३२ गते सम्म संस्थामा ४२ करोड ६७ लाख ३९ हजार ३ सय २८ रुपैयाँ अर्थात २५ दशमलव ९६ प्रतिशत तरलता कायम भएको छ ।

यसैगरी उक्त मिति सम्ममा संस्थामा ८ हजार ९ सय ९९ जना शेयर सदस्यहरुले २१ करोड ९ लाख ६८ हजार रुपैयाँ शेयर पुँजी र १ अर्ब ६४ करोड ३५ लाख ३४ हजार ८ सय ४८ रुपैयाँ बचत गरेका छन् । 

संस्थाले १ हजार ४ सय ६२ जना ऋणी सदस्यलाई विभिन्न शीर्षकमा १ अर्ब ७८ करोड २० लाख ९० हजार २ सय ७१ रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रकाशित विवरण अनुसार १८ करोड ७० लाख ४६ हजार ८ सय १४ रुपैयाँ कूल संस्थागत पुँजी रहेको संस्थाको विभिन्न कोषमा १५ करोड ९२ लाख ६१ हजार ४ सय १२ रुपैयाँ जम्मा भएको छ ।

प्रकाशित : ७ भाद्र २०८०, बिहीबार २१:२३