मिलिजुली कालिञ्चोक साकोसको सेवा केन्द्र मैनापोखरी बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मिलिजुली कालिञ्चोक साकोसको सेवा केन्द्र मैनापोखरी बजारमा



दोलखा । चरिकाेटमा मुख्य कार्यालय रहेकाे मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वैतेश्वर गाउँपालिकाको मैनापोखरी बजारमा सेवा केन्द्र बिस्तार गरेको छ ।

मिलिजुली कालिञ्चोकले बिहीबारदेखि मैनापोखरी बजारमा पनि सेवा केन्द्र संचालनमा ल्याएको हो । सेवा केन्द्रको वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, सहकारी अभियान्ताहरु भीमप्रसाद दाहाल, जिवशराज खड्का लगायतले सामुहिकरुपमा उद्घाटन गरे।

मिलिजुली कालिञ्चोक साकोसले यसअघि पनि वैतेश्वरको नाम्दुमा २०७५ सालदेखि सेवा केन्द्र संचालन गर्दै आएको छ । मैनापोखरीमा नयाँ सेवा केन्द्र खुलेसँगै मिलिजुलीका देशभर ११ वटा सेवा केन्द्र भएका छन् । यसअघि दोलखामा ८, सिन्धुपाल्चोकमा एक र काठमाडौंमा एउटा सेवा केन्द्रवाट कारोवार हुँदै आएको थियो ।

मिलिजुली कालिञ्चोक साकोसका अध्यक्ष नारायणवहादुर श्रेष्ठले बैतेश्वर सहकारीको हब रहेको र शेयर सदस्यको संख्या समेत उत्साहप्रदरुपमा बृद्धि भएपछि सेवामा सरलता ल्याउन मैनापोखरीमा पनि सेवा केन्द्र बिस्तार गरिएको जानकारी दिए ।

मिलिजुली कालिञ्चोकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ईश्वर न्यौपानेका अनुसार गत असार मसान्तसम्म संस्थामा ३४ हजार २ सय ३४ जना शेयर सदस्य रहेका छन् भने कुल पूँजि १ अर्ब २७ करोड रहेको छ ।

मिलिजुली कालिञ्चोकले सेवा केन्द्र स्थापना गरेको वैतेश्वरको काब्रेलाई सहकारीको ‘हब’ मानिन्छ । राष्ट्रिय रुपमा ख्यातिप्राप्त जनसचेतनदेखि जनमुखी र अन्य धेरै सहकारी संस्थाहरु सो क्षेत्रमा सक्रिय छन्।

प्रकाशित : ७ भाद्र २०८०, बिहीबार १७:१६