अभाष सहकारीको साधारण सभा कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

अभाष सहकारीको साधारण सभा कहिले ?



काभ्रे । बनेपा, तीनदोबाटोमा मुख्य कार्यालय रहेको अभाष बचत तथा ऋण सहकारी संस्थाले भदौ अन्तिम साता १४औं वार्षिक साधारण सभा गर्नेभएको छ ।

संस्थाले एक सूचना प्रकाशित गरेर भदौ २२, २३ र ३० गते एकाईगत आधारमा वार्षिक साधारण सभा गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।

पनौती सदस्य सेवा केन्द्र अन्तर्गत भदौ २२ गते काठ गणेश मन्दिर परिसरमा आयोजना हुने सभामा पनौती नगरपालिकाका सम्पूर्ण शेयर सदस्यलाई उपस्थित हुन सूचित गरेको छ ।

यसैगरी भदौ २३ गते भकुण्डे सदस्य सेवा केन्द्रले नमोबुद्ध नगरपालिका अन्तर्गतका सदस्यहरुको सहभागिता कुटुम्ब रिसोर्टमा एकाई सभा आयोजना गर्ने कार्यक्रम तय भएको छ ।

वार्षिक साधारण सभाको अन्तिम सभा मुख्य कार्यालयको आयोजना र बनेपा नगरपालिका भित्रका शेयर सदस्यहरुको सहभागितामा बनेपा स्थित स्मार्ट प्यालेसमा सम्पन्न हुने संस्थाले जनाएको छ ।

संस्थाले सम्पूर्ण शेयर सदस्यहरुलाई १४औं वार्षिक साधारण सभामा उपस्थित भई संस्थाको संचालक समिति र लेखा सुपरीवेक्षण समितिले पेश गर्ने प्रतिवेदन माथि आवश्यक छलफल गरेर सल्लाह सुझाव दिन अनुरोध गरेको छ ।

प्रकाशित : ७ भाद्र २०८०, बिहीबार १४:३७