काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट भदौ ३ गतेको परिपत्रबाट स्वीकृत गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ४१ रुपैयाँदेखि अधिकतम प्रतिहजार ६४ रुपैयाँसम्म बोनसदर पाउनेछन् । नयाँ बोनसदर अनुसार सावधिक जीवन बीमालेख योजनामा प्रतिहजार न्युनतम ५१ रुपैयाँदेखि अधिकतम ६१ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
त्यस्तै, जीवन आनन्द बीमा योजना प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीका अनुसार बाल सावधिक जीवन बीमा योजना अन्तर्गतको योजनामा प्रतिहजार न्युनतम ५१ रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
कम्पनीले धनवृष्टि योजनामा न्युनतम प्रतिहजार ५५ रुपैयाँ बोनसदर कायम गरेको छ । त्यस्तै, नयाँ बोनसदरमा धन फिर्ता योजनामा न्युनतम प्रति हजार ५५ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म कायम गरेको छ ।
बाल ममता र बाल स्नेह योजनामा न्युनतम प्रतिहजार ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जीवन तरंग र नयाँ जीवन तरंग योजनामा न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको छ ।
त्यस्तै, लघु सावधिक योजनामा न्युनतम प्रतिहजार ४१ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको छ भने जीवन बचत योजनामा न्युनतम प्रतिहजार ५२ रुपैयाँदेखि ६१ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको छ ।
साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुने कम्पनीले जनाएको छ ।
Comment