काठमाडौँ । एनएमबि बैंक लिमिटेडले धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठ, अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो ।
बैंकले सो कार्यक्रममा अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तान्तरण गरेको छ ।
बैंकले प्रदान गरेको उपकरणले स्थानीय समुदायलाई सहयोग पुर्याउनुका साथै बिरामीहरूलाई उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने छ ।
एनएमबि बैंक विगत २७ वर्ष देखि अनवरत रूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।
बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि’ ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिका द्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफदिइयर नेपाल’ प्राप्त गरिसकेको छ ।
यस बैंकले हाल देश भरी २०१ शाखाहरू, १४३ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
Comment