नेचुरल सहकारीको टाेली चन्द्रागिरिमा,असल अभ्यासहरुको अनुभव आदान प्रदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेचुरल सहकारीको टाेली चन्द्रागिरिमा,असल अभ्यासहरुको अनुभव आदान प्रदान



काठमाडौं । काठमाडाैंकाे चुच्चेपाटी स्थित नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिले थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण गरेको छ । संस्थाका अध्यक्ष शर्मिला अमात्य, प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठक र उच्च व्यवस्थापन समुह सम्मिलित भ्रमणमा दुई संस्थाबीचका असल अभ्यासहरुको अनुभव आदान प्रदान गरिएको थियो ।

सहकारीले सदस्य र समुदायको उत्थानको लागि खेलेको भूमिका उजागर पार्नको लागि दुबै संस्थाका सदस्यहरुको सफलताका कथाहरु सर्वसाधारणको जानकारीमा ल्याउने, सर्वसाधारणमा सहकारीको सकारात्मक सन्देश जाने असल अभ्यासहरु समेटिएको श्रव्य दृश्य सामग्रीहरु जनहितका लागि जारी गर्ने र सहकारी क्षेत्रमा योग्य, क्षमतावान (मानव संशाधन) जनशक्ति आकर्षित गर्ने योजना बनाउने जस्ता सहमती भएको छ ।

कार्यक्रमको बीचमा नेचुरल साकोसको तर्फबाट अध्यक्ष अमात्य र प्रमुख कार्यकारी पाठकले चन्द्रागिरिका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई नेफ्स्कुनबाट उत्कृष्ट व्यवस्थापक २०८० पुरस्कार प्राप्त गर्ने घोषणा भएकोमा सम्मान समेत गरिएको थियो ।

प्रकाशित : ४ भाद्र २०८०, सोमबार २१:५४