चण्डेश्वरी साकोसको ३१ औँ साधारण सभा असोज ६ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

चण्डेश्वरी साकोसको ३१ औँ साधारण सभा असोज ६ गते



काठमाडाैं । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३१औँ साधारण सभा यहि मिति २०८० असोज ०६ गते सम्पन्न हुने भएको छ । संस्थाको संचालक समितिको मिति २०८० सावन १३ गते बसेको बैठकको निर्णयले विविध बिषयहरु सहित बनेपा ५ स्थीत स्मार्ट प्यालेसमा उक्त साधारण सभा हुने स‌ंस्थाले जानकारी दिएको छ ।

चण्डेश्वरी साकोस नेफस्कुनको ३६ औँ स्थापना कार्यक्रमको अवसरमा नेपालकै उत्कृष्ट बचत तथा ऋण सहकारीको रुपमा सम्मानित संस्था हो । संस्थामा ९ हजार २ सय ५० जना सदस्य छन् । साउन मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको कुल सम्पत्ति १ अर्ब २९ करोड ९८ लाख रुपैयाँ रहेको छ । संस्थाको सेयर पुँजी ११ करोड १८ लाख, जगेडा कोष ११ करोड ९९ लाख, अन्य कोष ३६ लाख, बचत ९६ करोड ७१ लाख, लगानी १ अर्ब ३ लाख र कुल संस्थागत पुँजी ११ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : ४ भाद्र २०८०, सोमबार १५:०६