काठमाडौं महानगरद्वारा २ सहकारीको दर्ता खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

काठमाडौं महानगरद्वारा २ सहकारीको दर्ता खारेज



काठमाडौं। काठमाण्डौ महानगरपालिकाले २ वटा सहकारी संस्था खारेजी गरेको छ। काठमाण्डौ महानगरपालिका सहकारी विभागले साेमबार एक सूचना जारी गर्दै २ वटा सहकारी दर्ता खारेजी गरिएको जानकारी गराएको हो।

सूचनामा महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार यी २ संस्थाहरुको दर्ता खारेजी गरिएको बताएको छ ।

‘कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएका र सदस्यको हित गर्न नसक्ने भएमा साधारण सभाको तत्काल कायम रहेको २ तिहाई बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ,’ सहकारी ऐनमा उल्लेख छ ।

ज्येष्ठ नागरिक र सुकस बचत तथा सहकारी संस्थाले दर्ता खारेजी स्वीकृतिका लागि निवेदन दिएका थिए ।

प्रकाशित : ४ भाद्र २०८०, सोमबार १५:०३