बुडोल सामुदायिक साकाेसमा ३१.६७ प्रतिशत तरलता, आर्थिक सुरक्षा कार्यक्रम मार्फत ३० सदस्य लाभांन्वित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

बुडोल सामुदायिक साकाेसमा ३१.६७ प्रतिशत तरलता, आर्थिक सुरक्षा कार्यक्रम मार्फत ३० सदस्य लाभांन्वित



काठमाडौं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८० साउन मसान्तसम्मको अपिरष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थामा ३१.६७ प्रतिशत तरलता रहेको छ ।

साउन मसान्तसम्म संस्थाको सेयर पुँजी १५ करोड ९२ लाख ६६ हजार रहेको छ भने कुल बचत एक अर्ब ४३ करोड ४४ लाख २१ हजार रुपैंया रहेको छ। संस्थाको जगेडा कोषमा ११ करोड ७७ लाख ६६ हजार रुपैंया रहेको छ ।

संस्थाले एक अर्ब ३१ करोड ९८ लाख ९४ हजार ऋण लगानी गरेको छ । त्यस्तै, यस अवधिमा संस्थामा ४५ करोड ४३ लाख ४३ हजार रुपैंया तरलता रहेको छ भने कुल सम्पती एक अर्ब ८३ करोड ३८ लाख ७२ हजार भन्दा बढी रहेको छ । संस्थामा १७ हजार ८८५ जना सदस्य रहेका छन् भने ऋणी सदस्य संख्या दुई हजार ९४७ रहेका छन् ।

संस्थाले आर्थिक सुरक्षा कार्यक्रम मार्फत सुत्केरी भेटघाटमा १५ हजार रुपैंयाबाट १५ जना सदस्य लाभांन्वित भएका छन् । साथै, सुत्केरी उपचार सहयोगमार्फत ६ जनालाई ३० हजार रुपैंया प्रदान गरेको छ । जटिल रोग उपचार सहयोग स्वरुप ४ जनालाई ८० हजार प्रदान गरेको छ । मृत्य राहत वितरण सहयोगको रुपमा सहकारीले एक लाख ५० हजार ५ जनालाई प्रदान गरेको छ ।

प्रकाशित : ४ भाद्र २०८०, सोमबार ०९:४८