अभियान लघुवित्तको नाफामा गिरावट आएसँगै प्रतिसेयर आम्दानी समेत प्रभावित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अभियान लघुवित्तको नाफामा गिरावट आएसँगै प्रतिसेयर आम्दानी समेत प्रभावित



काठमाडौं । अभियान लघुवित्तको खुद नाफामा गिरावट आएको छ । कम्पनीको गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार खुद नाफा ९६.२३ प्रतिशतले घटेर ३ लाख २८ हजार रुपैयाँमा खुम्चिएको हो।

अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा लघुवित्तको सञ्चालन आन्दानी ९८.०४ प्रतिशतले घटेर तीन लाख २८ हजार रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, लघुवित्तको खुद ब्याज आम्दानी ७.६० प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षमा लघुवित्तको निक्षेप संकलन समेत घटेको छ। यस अवधिमा २० करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थामार्फत सापटी लिएर एक अर्ब ७७ करोड २३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

चुक्ता पूँजी २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा तीन करोड ३७ लाख रुपैयाँ सञ्चित छ। सार्वजनिक वित्तीय विवरण अनुसार लघुवित्तको वितरण योग्य नाफा एक करोड ९ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

लघुवित्तको नाफामा गिरावट आएसँगै प्रतिसेयर आम्दानी समेत प्रभावित भएको छ। यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १३ पैसामा सीमित छ ।

प्रकाशित : ३ भाद्र २०८०, आईतवार १४:११