राष्ट्र बैंकले देशभर वस्तु तथा सेवाको विवरण र मूल्य संकलन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले देशभर वस्तु तथा सेवाको विवरण र मूल्य संकलन गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभर विभिन्न वस्तु तथा सेवाको विवरण र मूल्य संकलन कार्य सुरु गरेको छ। बैंकले आइतबार एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो।

राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांकसम्बन्धी तथ्यांक नियमित रुपमा प्रकाशित गर्न देशभर विभिन्न वस्तु तथा सेवाको विवरण र मूल्य संकलन कार्य नियमित रुपमा सुरु गरेको जानकारी गराएकाे छ ।

केन्द्रीय बैंक हरेक नियमित रुपमा यो कार्य गर्दै आएको छ। समयको अन्तरासँगै उपभोक्ताको व्यवहारमा आएको परिवर्तन, बजारमा वस्तुत तथा सेवाको उपलब्धतामा आएको परिवर्तन तथा देशको प्रादेशिक संरचनालगायतका कारण चालु आर्थिक वर्ष २०८०/८१लाई नयाँ आधार वर्ष कायम गर्ने उद्देश्यले २०८० साउनदेखि २०८१ असारसम्म देशका ७७ वटै जिल्लास्थित तोकिएको बजार केन्द्रहरुमा विभिन्न वस्तु तथा सेवाको विवरण तथा मूल्य संकलन गर्ने कार्य सुरु गरिएको राष्ट्र बैंकले जनाएको छ।

यो सिलसिलामा नमुना सर्वेक्षणमा परेका पसल तथा संघसंस्थामा आउने मूल्य संकलकलाई आवश्यक तथ्यांक एवं जानकारी उपलब्ध गराई सहयोग गरिदिन पनि राष्ट्र बैंकले आग्रह गरेको छ। प्राप्त तथ्यांक र जानकारी तथ्यांक ऐन, २०७९ बमोजिम गोप्य रहने पनि केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

प्रकाशित : ३ भाद्र २०८०, आईतवार १३:५४