सुर्खेतको वीरेन्द्रनगर साकोसले पायो नेफस्कून साकोस एकिरकरण पुरस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

सुर्खेतको वीरेन्द्रनगर साकोसले पायो नेफस्कून साकोस एकिरकरण पुरस्कार



काठमाडाैं । सुर्खेत जिल्लाको वीरेन्द्रनगर–६ मा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले साकोस एकिकरण पुरस्कार प्राप्त गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, नेफ्स्कून,ले उक्त संस्थालाइ साकोस एकिकरण पुरस्कार दिने घोषणा गरेको हो । नेफस्कूनको आज भएको ३६ औं स्थापना दिवस कार्यक्रममा घोषणा गरिएको पुरस्कार आगामी साधारण सभामा प्रदान गरिने भएको छ ।

सुर्खेत जिल्लालाइ कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेका र उदेश्य मिलेका ८ वटा संस्थालाइ एकिकरण गरिएको संस्थाको सिइओ छत्र थापाले जानकारी दिए । वीरेन्द्रनगर साकोससँग पञ्चज्योती बचत तथा ऋण सहकारी संस्था, आफन्त बचत तथा ऋण सहकरी संस्था,जनमैत्री बहुउदेश्यीय सहकारी संस्था, नववौद्धिक बचत तथा ऋण सहकारी संस्था, मालिका बचत तथा ऋण सहकारी संस्था, अभ्युदय ग्रामीण बचत तथा ऋण सहकारी संस्था र ओयसिस बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरण गरिएको उनले बताए । संस्थाले २०७७ बाट एकिकरण कार्यक्रम सुरु गरेको र ३ वर्षको अवधिमा ८ बटा संस्थाबीच एकिकरण सम्पन्न गरिएको उनले जनाए ।

गत असार मसान्तमा संस्थाको शेयर पुँजी १४ करोड ३२ लाख ६९ हजार, जगेडा कोष ४ करोड ९३ लाख २५ हजार रहेको छ । त्यसैगरी संस्थाले ऋण नोक्सानी कोषमा पनि ३ करोड ४० लाख ५४ हजार रकम विनियोजन गरेको छ । संस्थाले ७२ करोड ६० लाख ७२ हजार कुल बचत संकलन गरी ९५ करोड १७ लाख ३७ हजार ऋण लगानी गरेको छ । संस्थाले बाह्य ऋण २२ करोड ३ लाख लिएको छ । संस्थामा २२ हजार १९७ जना सदस्य आवद्ध रहेका छन् भने ४ हजार २५१ जना बाल बचतकर्ता रहेका छन् ।

नेफ्स्कुनले बीरेन्द्रनगरसँगै नवलपरासीकाे ग्रामीण बाल्मिकी साकोसलाइ पनि साकाेस एकिकरण पुरस्कार दिने भएकाे छ ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार १७:५८