मुलुभरकै साकोसहरुमध्ये कृष्णकुमार श्रेष्ठ उत्कृष्ट व्यवस्थापक घोषित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

मुलुभरकै साकोसहरुमध्ये कृष्णकुमार श्रेष्ठ उत्कृष्ट व्यवस्थापक घोषित



काठमाडाैं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका सीइओ कृष्णकुमार श्रेष्ठ मुलुभरकै साकोसहरुमध्येका उत्कृष्ट व्यवस्थापक घोषित भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)ले सीइओ श्रेष्ठलाई उत्कृष्ट व्यवस्थापकको रुपमा घोषित गरेको हो । नेफ्स्कुनद्वारा आयोजित ३६औं स्थापना दिवस समारोहमा उनलाई उत्कृष्ट व्यवस्थापक घोषित गरिएको हो ।

सहकारी क्षेत्रमा २३ वर्षदेखि क्रियाशील श्रेष्ठले विभिन्न बचत तथा ऋण सहकारी संस्थाको सीइओको रुपमा काम गरेका छन् । उनले दोलखा, काभ्रे र काठमाण्डौमा रहेका उत्कृष्ट संस्थाहरुमा सीइओको जिम्मेवारी बहन गरिसकेका छन् ।

ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका श्रेष्ठ सहकारी क्षेत्रका प्रखर व्यक्तित्वको रुपमा परिचित छन् । उनी सहकारी क्षेत्रको वित्तीय योजना र मानव संशाधन व्यवस्थापनमा पनि विशेष दख्खल राख्छन् । यस अघि सन् २०११ मा पनि उनी नेफ्स्कुनबाटै उत्कृष्ट व्यवस्थापकका रुपमा सम्मानित भइसकेका छन् ।

नेफ्स्कुनले गत वर्ष बिन्धबासिनी साकोसका सीइओ के.बी. लामा स्याङ्तानलाई उत्कृष्ट सीइओ घोषणा गरेको थियो ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार १७:०२