जीवन विकास लघुवित्तको खुद नाफा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जीवन विकास लघुवित्तको खुद नाफा घट्यो



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा यसको खुद नाफा ५०.०९ प्रतिशतले घटेर ४० करोड ५२ लाख ४९ हजार रुपैयाँमा सीमित भएको हो।

अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८१ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी ९.०४ प्रतिशतले घटेर १ अर्ब ४९ करोड ३० लाख रुपैयाँमा आएको छ । फि तथा कमिसन आम्दानीमा पनि ३४.७१ प्रतिशत गिरावट आएको छ ।

यसका साथै खराब कर्जा बढेका कारण इम्पेयरमेन्ट चार्ज ९ करोडबाट ३७ करोड रुपैयाँ पुगेपछि जीवन विकासको नाफामा प्रत्यक्ष असर परेको देखिन्छ । खराब कर्जा ०.९१ प्रतिशतबाट बढेर २.३९ प्रतिशत पुगेको छ । चुक्ता पुँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ९ करोड ४८ लाख रुपैयाँ जम्मा भएको छ ।

खुद नाफा घटेका कारण प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । अघिल्लो वर्षकोे तुलनामा प्रतिसेयर आम्दानी ३४.४१ रुपैयाँले घटेर गत असार मसान्तसम्ममा ३४.२८ रुपैयाँमा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ २६३.०७ रुपैयाँ छ ।

प्रकाशित : 17 August, 2023 12:49 pm