नेफ्स्कूनको ३६औं स्थापना दिवस : देशभर पुर्नजागरण अभियान शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

नेफ्स्कूनको ३६औं स्थापना दिवस : देशभर पुर्नजागरण अभियान शुरु



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून)ले आफ्नो ३६औं स्थापना दिवस मनाइरहेको छ । विगत केही महिनादेखि नेपालमा सहकारीहरुमा विश्वासको संकट देखिन थालेपछि संघले नयाँ मोडालिटीमार्फत संस्थाहरुमा सुशासनको स्तर बृद्धि गर्न देशभर बृहत कार्यक्रम लैजाने तयारी थालेको छ ।

 २०४५ साल साउन ३२ गते स्थापना भएको संघ स्थापनाको ३६ औं बर्षममा प्रवेश गरेसँगै यसबर्ष एकीकृत स्वनियमन मार्गनिर्देशिका, २०८० तयार गरी नयाँ अभियान शुरु गर्न लागेको हो । न्युन आय भएका  जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने उदेश्यका साथ नेफ्स्कूनको स्थापना भएको हो । नेफ्स्कून स्थापना भएपश्चात नेपालभर १४ हजार बढी बचत तथा ऋण सहकारी संस्था खुलेको छन् ।

नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालका अनुसार ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रुपमा मानिएको सहकारीहरुलाई अझ ब्यवस्थित, मर्यादित र अनुसाशित बनाएर अघि बढाउन एकीकृत स्वनियमन मार्गनिर्देशिका परिमार्जनसहित लागु गर्न लागिएको हो । यसका लागि ‘बाउन्स प्याक मेम्बर’ कार्यक्रम तय गरी पुर्नजागरण अभियान शुरु गर्न लागेको उनले जानकारी दिए ।

‘वित्तिय स्थिरता कायम गरेर जाने विषयमा राष्ट्र बैंकले रणनीति बनाएको छ । सोही अनुरुप हामी नयाँ योजनाका साथ अघि बढ्ने छौं । संस्था र सदस्यबीचको सम्बन्धलाई सुधार गर्ने साथै संस्था र समाजबीचको सम्बन्धलाई व्यवस्थापन गर्ने मुख्य रणनीति अनुरुप बाउन्स प्याक मेम्बर कार्यक्रम तय गरेका हौं, उनले भने,‘मुलत सुशासन प्रवद्र्धन र सुरक्षामा काम गर्ने मुख्य लक्ष्य हो,’ अध्यक्ष पौड्यालले भने ।

संस्थाहरुका निम्ति एकीकृत स्वनियमन मार्गदिर्नेशिका, २०८० कार्यक्रम तय भइसकेकाले सो मार्फत बचतको सुरक्षा, आन्तरिक र बाह्य सुशासन र बैयक्तिक सुशासन प्रमुख मुद्दाका रुपमा अघि सारेर देशब्यापी अभियान शुरु गर्न लागेको उनले जानकारी दिए ।

संघमा देशभर ६५ बचत तथा ऋण सहकारी संघ, ४ हजार ५ सय भन्दा  बढी बचत तथा सहकारी संस्था आवद्ध छन् । संघले नेपालको वित्तीय सहकारी अभियानको प्रवद्र्धन,विकास,व्यवसायीकरण,गुणस्तर सुनिश्चितताका साथै सञ्जाल व्यवस्थापनमा उल्लेख भूमिका खेल्दै आएको छ । संघले यस पटक ‘एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि’ भन्ने मुल नारा अघि सारेको छ ।

३६ औं स्थापना दिवसका अवसरमा प्रतिक्रिया दिंदै नेफ्स्कूनका पूर्वअध्यक्ष ऋषिराज घिमिरेले सहकारी ऐनमा भएको व्यवस्था बमोजिम सदस्यहरुको अनुगमन प्रभावकारी ढंगले संचालन गर्नुपर्ने बताए । उनले मर्जको अभियान संचालन गर्न सुझाव दिए । 

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार ०८:३९