देशभरका सहकारीहरुमा पुर्नजागरण अभियान शुरु गर्दैछौं : परितोष पौड्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

देशभरका सहकारीहरुमा पुर्नजागरण अभियान शुरु गर्दैछौं : परितोष पौड्याल



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले वित्तिय स्थिरता कायम गर्नका लागि नयाँ रणनीतिका साथ अघि बढ्ने जनाएका छन् । संघको ३६औं स्थापना दिवसको अवसरमा अर्थबजारसँग कुरा गर्दै पुर्नजागरण अभियान शुरु गर्न लागेको पनि जानकारी दिए ।

विश्वब्यापी रुपमा देखिएको वित्तिय अस्थिरताको प्रभाव नेपालमा पनि परेकाले स्थिरता कायम गरेर जानका लागि ‘बाउन्स प्याक मेम्बर’ कार्यक्रम तय गरी पुर्नजागरण अभियान शुरु गर्न लागेको उनले जानकारी दिए ।

‘वित्तिय स्थिरता कायम गरेर जाने विषयमा राष्ट्र बैंकले रणनीति बनाएको छ । सोही अनुरुप हामी नयाँ योजनाका साथ अघि बढ्ने छौं । संस्था र सदस्यबीचको सम्बन्धलाई सुधार गर्ने साथै संस्था र समाजबीचको सम्बन्धलाई व्यवस्थापन गर्ने मुख्य रणनीति अनुरुप बाउन्स प्याक मेम्बर कार्यक्रम तय गरेका हौं, उनले भने,‘मुलत सुशासन प्रवद्र्धन र सुरक्षामा काम गर्ने मुख्य लक्ष्य हो ।’

वित्तिय स्थिरता कायम नभएसम्म नयाँ कार्यक्रम लन्च गर्न लागिएको जानकारी दिंदै अध्यक्ष पौड्यालले अगाडि भने,‘स्थिरिकणमार्फत सुरक्षा र स्थरीकरण कार्यक्रममार्फत सुशासन कायम गर्न पुर्नजागरण अभियान देशभर लैजाने तयारीमा छौं ।’ संस्थाहरुका निम्ति एकीकृत स्वनियमन मार्गदिर्नेशिका, २०८० कार्यक्रम तय भइसकेकाले सो मार्फत बचतको सुरक्षा, आन्तरिक र बाह्य सुशासन र बैयक्तिक सुशासन प्रमुख मुद्दाका रुपमा अघि सारेर देशब्यापी अभियान शुरु गर्न लागेको उनले जानकारी दिए ।

संस्थाहरुको सेवा प्रभावकारी बनाउन स्वनियमन मार्गदिर्नेशिकामार्फत संचालन प्रणाली बढी जवाफदेही र पारदर्शी बनाउन चाहेको उनले जानकारी दिए । संस्थाहरु अब परम्परागत रुपमा संचालन गर्न नसकिने भएकाले आधुनिक प्रविधिको प्रयोगमार्फत सेवालाई छिटो र छरितो बनाउन लागिएको उनले बताए । संघले यसअघि आफ्नो ३३औं स्थापना दिवसको अवसरमा एकीकृत स्वनियमन मार्गनिर्देशिका, २०७७ पनि तयार गरेको थियो ।

पछिल्लो समय बचत तथा ऋण सहकारी संस्थाहरुमा विभिन्न खाले समस्याहरु देखिन थालेपछि सुव्यवस्थित, मर्यादित  एवं विधिसम्मत तरिकाले सञ्चालन गरी सुशासनको स्तरमा उत्कृष्टता कायम गराउने उद्देश्यसहित एकीकृत स्वनियमन मार्गनिर्देशिका, २०८० तयारी भइरहेको थियो ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार ०८:२३