‘नेफ्स्कूनलाई प्रभावकारी बनाउने हो भने संस्थाहरु मर्ज गर्न ढिला भइसक्यो’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

‘नेफ्स्कूनलाई प्रभावकारी बनाउने हो भने संस्थाहरु मर्ज गर्न ढिला भइसक्यो’



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)का पूर्वअध्यक्ष ऋषिराज घिमिरेले वरिपरि रहेका संस्थाहरुलाई मर्जको अभियान तत्काल शुरु गर्नुपर्ने सुझाव दिएका छन् ।

संघको ३६औं स्थापना दिवसको अवसरमा अर्थबजारसँग कुरा गर्दै घिमिरेले सहकारी ऐनमा भएको व्यवस्था बमोजिम सदस्यहरुको अनुगमन प्रभावकारी ढंगले संचालन गर्नुपर्ने बताए । उनले भने,‘चित्त बुझाएर होस या नबुझाएर होस फोर्सबाट मर्जको अभियान आवश्यक भइसक्यो । यसका लागि काठमाडौंको संस्था बर्दियामा लगेर मर्ज गर्ने होइन कि वरिपरिको समुदायमा रहेका संस्थाहरु मर्ज जरुरी भइसक्यो, संख्या घटाउनुपर्ने अवस्था आइसक्यो ।’

मर्जको अभियान संचालन गर्न सकियो भने दोहोरो सदस्यता अन्त्य हुने र अनुगमन गर्न सहज हुने उनको भनाइ छ । ‘मर्ज अभियान ल्याइयो भने युनिफाइट रुपमा संचालन गर्न सकिन्छ । संघन अनुगमन गर्न सजिलो हुन्छ । यसका लागि एउटै सफ्टवेयर संचालनमा ल्याएर केन्द्रबाट मनिटरिङ गर्नुपर्छ । सबैजना दत्तचित्त भएर लाग्नुपर्छ,’ उनले भने ।

पुराना कार्यक्रमहरु कार्यान्वयनमा नआउँदा संस्थाहरु सुशासन आउन नसकेको बताउँदै घिमिरेले सबै सदस्य सुरक्षित राख्न सुपरिवेक्षण र स्तरीकरणका कार्यक्रमहरु अघि सार्न ढिला भइसकेको बताए ।  

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार ०७:४९