यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा ४४ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा ४४ प्रतिशतले बढ्यो



काठमाडाैं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क बाहेक अधिकांश सूचकमा बृद्धि भएको छ । मर्जरपछि यस कम्पनी अब्बल बन्दै आएको छ ।

मर्जरको प्रभाव र आर्थिक मन्दीको समस्याको असर युनाइडेट अजोड इन्स्योरेन्स कम्पनीमा देखिएको हो । वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा ३१ करोड ८८ लाखबाट झरेर २९ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आथिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा ८ प्रतिशतले घटेको हो ।

गत असार मसान्तसम्ममा कम्पनीको कुल बीमा शुल्क आर्जन सामान्य प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीको यस्तो शुल्क ५ प्रतिशतले बढेर ३ अर्ब ४२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलवार १५:०३