बैंकहरूले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी रकम लिए गुनासो दर्ता गर्न राष्ट्र बैंकको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकहरूले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी रकम लिए गुनासो दर्ता गर्न राष्ट्र बैंकको आग्रह



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले तेस्रो पक्षले लिने शुल्कभन्दा बढी रकम ग्राहकसँग असुल गरेको पाइएमा गुनासो दर्ता गर्न सकिने भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय सचेतनाका लागि जारी गरेको सूचनामा यस्तो व्यवस्था रहेको जानकारी दिएको हो।

सूचनामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सम्पूर्ण सेवा स्वयं आफैँले निर्माण गरी गराउन सम्भव हुँदैन। त्यसैले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग बैंकहरुले सम्झौता गरी आफ्ना ग्राहकलाई त्यस्ता विशिष्टकृत सेवा उपलब्ध गराउने गर्दछन्।

यसरी अन्य संस्था (तेस्रो पक्ष)बाट प्राप्त हुने सेवा आफ्ना ग्राहकलाई उपलब्ध गराएबापत शुल्क लिनुपर्ने भए त्यस्ता संस्थालाई भुक्तानी गर्नुपर्ने लागतभन्दा बढी नहुने गरी मात्र ग्राहकसँग सेवा शुल्क लिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

उदाहरणका लागि ग्राहकको कर्जा सूचना लिँदा कर्जा सूचना केन्द्र लिमिटेडले लिने शुल्कमात्र बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकसँग लिन पाउँछन्। केही आधारभूत सेवामा भने राष्ट्र बैंकले ग्राहकबाट बैंक तथा वित्तीय संस्थाले कुनै पनि शुल्क लिन नपाउने व्यवस्था गरेको छ।’

प्रकाशित : ३० श्रावण २०८०, मंगलवार १३:१५