आइएमई लाइफ इन्सुरेन्सको नाफा ८७.१८ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई लाइफ इन्सुरेन्सको नाफा ८७.१८ प्रतिशतले बढ्यो



काठमाडौं । आइएमई लाइफ इन्सुरेन्सको नाफा ८७.१८ प्रतिशतले बढेको छ । चालु आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको नाफा बढेर २४ करोड ८ लाख १३ हजार रुपैयाँ पुगेको हो।

अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड ८६ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसैगरी, कम्पनीको जीवन बिमा कोषको आकार ४३.२५ प्रतिशतले बढेर ६ अर्ब ७५ करोड १५ लाख ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा उक्त कोषको आकार ४ अर्ब ७१ करोड ३१ लाख ८३ हजार रुपैंयामा सिमित थियो । यस अवधिमा खुद बिमा शुल्क आर्जन पनि १६.४८ प्रतिशतले बढेर ४ अर्ब १ करोड ६५ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

एक वर्षको अवधिमा जीवन बिमा कोषको आकार र खुद बिमा शुल्क आर्जन बढेकाले पनि यस कम्पनीको खुद नाफा बढेको हो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०२ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ०५ पैसा छ ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलवार १२:५०