चन्द्रागिरी हिल्सले कमायाे १५ करोड बढी नाफा, अन्य सूचक कस्ताे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चन्द्रागिरी हिल्सले कमायाे १५ करोड बढी नाफा, अन्य सूचक कस्ताे ?



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले १५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ७९६.४१ प्रतिशत धेरै हो।

अघिल्लो वर्ष कम्पनीले १ करोड ६८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । कम्पनीको सञ्चालन नाफा र कूल नाफा पनि बढेको छ । अघिल्लो वर्ष ६६ करोड ८९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले असार मसान्तसम्म बढाएर ९१ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, यसको कूल नाफा पनि ५६ करोड ४० लाख रुपैयाँबाट बढेर ७९ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ । जगेडा कोष भने अझै पनि २३ करोड ४४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १ रुपैयाँ १० पैसा रहेको यसको प्रतिसेय। आम्दानी अहिले बढेर ९ रुपैयाँ ८५ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ ७२ पैसा रहेको छ ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलवार १२:०१