शिखर इन्सुरेन्सको खुद नाफा ४६.५६ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शिखर इन्सुरेन्सको खुद नाफा ४६.५६ प्रतिशतले बढ्यो



काठमाडाै । शिखर इन्सुरेन्स कम्पनीको खुद नाफा ४६.५६ प्रतिशतले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ४० करोड ३१ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यसले २७ करोड ५० लाख ९१ हजार रुपैयाँ नाफा गरेको थियो । कम्पनीको खुद बिमा शुल्क आम्दानी २५.२६प्रतिशत ले बढेर १ अर्ब ५९ करोड रुपैयाँ पुगेपछि खुद नाफामा सुधार आएको हो । यता, कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड भन्दा बढी पुगेको छ ।

रिजर्भ कोष २३.९०प्रतिशतले घटेर ५९ करोडमा आएको छ भने बिमा कोषको आकार १५.०९प्रतिशत ले बढेर १ अर्ब ५३ करोड रुपैयाँभन्दा माथि पुगेको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ८९ पैसा छ ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलवार ०७:२२