काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ६५ दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २० करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ५७ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ६२ करोड छ ।
जीवन बीमा कोषमा ९ अर्ब ४१ करोड रुपैयाँ जम्मा भएको छ भने जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ रकम संचिति रहेको छ ।
Comment