काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७९ /०८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । २ अर्ब ३० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ६९ करोड ८ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४२ करोड ३१ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको बीमा कोष १ अर्ब २९ करोड ४७ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ९ करोड ४४ थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।
समिक्षा अवधिमा कम्पनीले ४० करोड ६ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६ लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा १८४ दशमव ८४ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा कम्पनीले १ अर्ब १७ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वषृको यसै अवधिमा कम्पनील ८५ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा ३८ प्रतिशतले बृद्धि हो ।
यस अवधिमा कम्पनीले ६० करोड १५ लाख खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा ५८ करोड ३७ लाख गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस अवधिमा बढी दाबी बढी तिरेको हो ।
समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ ४१ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १८८ रुपैयाँ ६८ पैसा रहेको छ । पिइ अनुपात ३४.४७ गुणा रहेको छ ।
Comment