एनआईसी एशिया लघुवित्तको नाफामा पहिराे, अन्य सूचक कस्ताे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया लघुवित्तको नाफामा पहिराे, अन्य सूचक कस्ताे ?



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३० करोड ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३९ प्रतिशत कम हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४३ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.४६ प्रतिशत घटेको छ।

त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ३२.५४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २५.९१ प्रतिशत घटेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा भने ७५ करोड ६० लाख रुपैयाँ रहेको छ। लघुवित्तको प्रतिशेयर वितरणयोग्य मुनाफा ४३ रुपैयाँ ४६ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.४३ प्रतिशतबाट बढेर ४.६४ प्रतिशत पुगेको छ। तर, लघुवित्तको इम्पेरमेन्ट चार्ज ११ करोड ६१ लाख रुपैयाँ रिभर्स भएको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५३ पैसा घटेर १७ रुपैयाँ २५ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ४८ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ४२.२६ गुणा रहेको छ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार १५:५७