सिनर्जी पावर डेभलपमेन्टको सेयर बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिनर्जी पावर डेभलपमेन्टको सेयर बाँडफाँट



काठमाडाै ५ फागुन । सिनर्जी पावर डेभलपमेन्टको सेयर बाँडफाँट भएको छ । कम्पनीको आइपीओमा लगानीगरेका लगानीकर्ताले न्यूनतम दश देखि अधिकतम ६१६ कित्तासम्म सेयर पाएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । २१ करोडको साधारणसेयरमा ३२ गुणाबढी आवेदन परेको थियो ।

सिनर्जीको आएपीओमा ३१० कित्ता अर्थात ३१ हजार रुपैयाँ सम्मको आवेदन दिने लगानीकर्तालाई गोलाप्रथाबाट दश कित्ताका दरले सेयर वितरण गरिएको हो । त्यसभन्दा माथि ३२ हजारदेखि ५० हजारसम्म आवेदन गर्ने साना लगानीकर्तालाई ३.०४ प्रतिशत र पचास हजार भन्दा बढी आवेदन गर्नेलाई २.९३ प्रतिशतका दरले बाँडफाँट गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

जस अनुसार ७१ हजार ४८९ जना लगानीकर्ता सिनर्जीपावरको सेयरधनी बनेका छन् । क्यापिटलका अनुसार साना लगानीकर्ताले ७ लाख ७२ हजार ८ सय कित्ता तथा ठुला लगानीकर्ताले ११ लाख ५८ हजार ६ सय कित्ता सेयर हात पारेका छन् ।सिनर्जीको सेयरमा न्यूनतम ५० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिने व्यवस्था गरिएको थियो । २१ हजार कित्ताका लागि आवेदन दिने लगानीकर्ताले ६१६ कित्तासम्म सेयर पाएका छन् ।

सिनर्जीले पुस ८ गतेदेखि १२ सम्म आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले एक सय अंकित दरका २१ करोड रुपैयाँ बराबर मूल्यको २१ लाख कित्ता सेयर बिक्री गरेको थियो । जसमा ६३ हजार कित्ता सेयर कर्मचारीलाई र १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषले पाएका छन् । बाँकी रहेको १९ लाख ३२ हजार कित्ता सेयर सर्वसाधारणका लागि वितरण गरिएको हो ।

कम्पनीको चुक्ता पुँजी हाल ४२ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ पुग्नेछ । सिनर्जीले स्थानीय बासिन्दाका लागि भने ७ करोड रुपैयाँको सेयर बिक्री गरिसकेको छ ।

प्रकाशित : ५ फाल्गुन २०७३, बिहीबार १३:०९