साना किसान लघुवित्तको अधिकांश सूचकहरु आकर्षक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साना किसान लघुवित्तको अधिकांश सूचकहरु आकर्षक



काठमाडौं । आरएमडीसी लघुवित्तलाई मर्ज गरेपछि साना किसान विकास लघुवित्त वित्तीय संस्थाको अधिकांश सूचकमा सुधार भएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा साना किसान लघुवित्तको खुद नाफा ८१ करोड ४१ लाख ४१ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.७५% धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६९ करोड ७३ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी २३.९७% ले बढेर १ अर्ब ६६ करोड ९ लाख ८२ हजार रुपैयाँ पुगेपछि खुद नाफामा पनि सुधार भएको हो । यता, मर्जरपछि चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

रिजर्भ कोषको आकार पनि १०१.१६% ले बढेर ३ अर्ब ५१ करोड १८ लाख रुपैयाँ पुगेको छ । वितरणयोग्य १ अर्ब ७३ करोड रुपैयाँ भन्दा बढी रहँदा प्रतिसेयर वितरणयोग्य नाफा ५२.२१ रुपैयाँ देखिएको छ । यता, प्रतिसेयर आम्दानीमा भने सामान्य गिरावट आएको छ ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार ११:०६