स्वाभिमान लघुवित्तको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्वाभिमान लघुवित्तको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तले खुद नाफा २ करोड १६ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.४७ प्रतिशत कम हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६.१६ प्रतिशतले घटेर ९ करोड ६५ लाख ३२ हजारमा सिमित भएको छ । साथै, अन्य सञ्चालन आम्दानी भने ३१.३२ प्रतिशतले बढेर ३ करोड ४१ लाख २७ हजार रुपैंयाले बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १४.७४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३०.३४ प्रतिशत घटेको छ।

१४ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ६ करोड ५८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट बढेर २.९६ प्रतिशत पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ८७ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ७७.७७ गुणा रहेको छ।

प्रकाशित : २८ श्रावण २०८०, आईतवार १२:४९