सेयर बजार २७ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेयर बजार २७ अंकले बढ्यो



काठमाडौं, ५ फागुन । साताको अन्तिम दिन बिहिबार सेयर बजार २७।०५ अंकले बढेर तेह्र सय ४३ दशमलव ८५ विन्दुमा पुगेको छ । कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन र अन्य समूह बाहेकका सबै परिसूचक उकालो लागेपछि समग्रमा सेयर बजार बढेको हो ।

यस अवधीमा एक सय ४५ कम्पनीको ६५ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज उत्पादन तथा प्रशोधन समूह ६.३५ र अन्य समूहको परिसूचक ६.६५ अंकले घटेको छ भने बैंकिङ २६.३७, होटल २४.६८, विकास बैंक २४.०६, होइड्रोपावर १४.१४, फाइनान्स ११.६१ र इन्स्योरेन्स समूहका परिसूचक २९०.१७ अंकले बढेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै कमाए भने दिव्यस्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । बुधबार बजार ४२ अंकले बढ्दा १ अर्व ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित : ५ फाल्गुन २०७३, बिहीबार १०:५२