समृद्धि फाइनान्सको ३ शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

समृद्धि फाइनान्सको ३ शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न



काठमाडौं । समृद्धि फाइनान्सले आज साउन २६ गते शुक्रवार संस्थाको मधुवन, खरेन्द्रपुर शाखा र २१ गते आइतवारको दिन कसाह शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । श्रावण महिनाको पहिलो हप्ताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम संस्थाका ७ वटा शाखाहरुबाट सम्पन्न गरीसकेको र श्रावण महिना भित्र सम्पुर्ण शाखाहरुबाट सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

साथै फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये श्रावणमहिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा बृक्षारोपणको सुरुवात गरेको र आर्थिक बर्ष २०८०/८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सम्पुर्ण १३ वटै शाखाहरु बाट बिभिन्न कार्यक्रमहरु गर्ने तय भएको समेत संस्थाले जानकारी गराएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार १८:०९