काठमाडाै । धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालले नेपालको वित्त नीति र मौद्रिक नीतिले बजारका माग सम्बोधन नगर्दा लामो समयदेखि सेयरबजारमा गिरावट आएको बताए । उनले यसैका कारण लगानीकर्ताको मनोबल घटेकोसमेत उल्लेख गरे ।
बुधबार नयाँ स्टक ब्रोकर कम्पनीहरुको स्वागत एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सेवोन लगायत नियामक निकायहरूले लगानीकर्ता मैत्री वातावरण बनाउन जरूरी रहेको बताए । डिम्याट खातालाई आधार मान्ने हो भने अहिले ५६ लाख बढी लगानीकर्ता सेयर बजारमा आबद्व छन ।

तर सरकार र राष्ट्र बैंकले सेयर बजार विरोधी नीतिहरू अबलम्वन गर्दा लगानीकर्ताको बजारप्रतिको विश्वास गुमेको उनको भनाई थियो । उनले अबका दिनमा सेयर बजार मैत्री वातावरण निर्माण गरि लगानीकर्ताको मनोवल उकास्नुपर्नेमा जोड दिए ।
‘अहिलेको विषम परिस्थितिमा हामी भर्खरै मात्रै धितोपत्र ब्रोकरको नयाँ लाईसेन्स लिएर आएका छौँ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘अबका दिनमा लगानीकर्ता सचेतना कार्यक्रमका साथै बजारको सुदृढीकरणका लागि अग्रसर भएर अघि बढ्ने प्रतिबद्धता जनाउन चाहन्छु ।’ उनले उक्त अभियानमा नियामक निकायहरू धितोपत्र बोर्ड, नेप्से र सिडीएससीको पनि उत्तिकै साथ र सहयोग आवश्यक रहेको बताए ।





Comment