सेबाेन अध्यक्ष हमाल भन्छन्ः शेयरमा बुझेर मात्र लगानी गर्नुहोस् ,डुबेपछि सरकारले उद्दार गर्छ भन्ने भ्रम नख्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

सेबाेन अध्यक्ष हमाल भन्छन्ः शेयरमा बुझेर मात्र लगानी गर्नुहोस् ,डुबेपछि सरकारले उद्दार गर्छ भन्ने भ्रम नख्नुस्



काठमाडाै । नेपाल धितो पत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले हमालले बुझेर र कम्पनीबारे अध्ययन गरेर मात्र शेयरमा लगानी गर्न आग्रह गरेका छन् । बजार बढ्दा माख्ख पर्ने र घट्दा गाली गर्ने प्रवृति बढेको भन्दै उनले बताए ।

सर्वसाधारणलाई जारी गरिने सेयरमा १० कित्ते नीति लागू गर्दा लगानीकर्ता फस्ने काम भएको उनले बताए । १० कित्ते नीतिका कारण कम्पनीको अवस्था नहेरी आईपीओ भर्दा समस्या आएको बताउदै उनले सेयर बजार सम्बन्धी कुनै जानकारी नभएका व्यक्ति दोस्रो बजारमा छिर्दा पनि अन्य लगानीकर्ताहरू फस्ने काम भएको बताएका छन् । बुझ्दै नबुझेका मान्छे सेयर बजारमा आएका छन अनि डुबेपछि सरकारले उद्दार गरोस् भन्ने अपेक्षा राख्छन् ।

बुधबार नयाँ स्टक ब्रोकर कम्पनीहरुको स्वागत एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उनले १० कित्ते नीतिका कारण अन्य लगानीकर्ताहरु फस्ने काम भएको बताए ।
पौडी खेल्न नजान्नेले खोलामा हाम फाल्ने अनि डुबेपछि सरकारलाई, सेबोनलाई गाली गर्ने ? आईपीओ भन्दैमा सबै कम्पनीमा सबैले आवेदन दिने हो र ? सेयर भर्नु अघि कम्पनी हेर्नुपर्दैन ?’,अध्यक्ष हमालले प्रतिप्रश्न गरे । नेपालको पुँजी बजारलाई अनुशासित र प्रतिस्पर्धिका साथै गुणस्तर एवं न्यून लागतको सुनिश्चित तापनि आवश्यक रहेको बताए ।

उनले हाइड्रोको बिकृति रोक्न अध्ययन भइसकेको र हकप्रद सेयरको औचित्यबारे पनि आवश्यक अध्ययन भइरहेको बताए । साथै उनले पुँजीबजारमा रियल सेक्टरको अवस्थाबारे पनि अध्ययन सुरु गरेको बताएका थिए । उनले अहिलेकाे नयाँ कानुन तथा नियमावली भित्र रहेर काम गर्नु पर्ने र लगानी कर्तालाई बढी बुझाउनु पर्ने आवश्यकता रहेको बताए । लगानीकर्तालाई बुझाउने विषयमा सबैले काम गर्नु पर्ने उनको भनाई थियो । उनले अधिक कम्पनीलाई पब्लिक कम्पनीमा जान पाेत्साहन गर्नु पर्ने पनि बताए।

उनले ब्रोकरको संख्या थपेर लागत कम गर्ने उदेश्य रहेको बताए । ब्रोकरको संख्या थपेर प्रतिस्पर्धा भएपछि लागत कम हुने र गुणस्तर बढ्ने उनको भनाई थियो । ब्रोकरले स्वस्थ प्रतिस्पर्धा गरुन् र त्यसको लाभ्लागनिकर्ताले लिउन् भन्ने बोर्डको देश्य रहेको उनले उल्लेख गरे ।

उनले आफुले सुरु गरेका केहि कामको विरोध भएपनि ति सबै काम लगानीकर्ताको हितको लागि भएको प्रष्ट पारे । उनले कुनै पनि नीति पर्फेक्ट नहुने भन्दै हरेक नीतिले कोशीलाई फाइदा र कोहिलाई घाटा गर्ने बताए ।

प्रकाशित : 9 August, 2023 6:12 pm