क्रेष्ट माइक्रो लाइफले माग्यो १३ उप शाखाका लागि कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

क्रेष्ट माइक्रो लाइफले माग्यो १३ उप शाखाका लागि कर्मचारी



काठमाडौं । साउन १० गतेबाट आफ्नो औपचारिक उद्घाटन गरेको क्रेष्ट माइक्रो लाइफले धेरै उप शाखा तथा एक्सटेन्सन काउन्टरका लागि कर्मचारी माग गरेको छ । कम्पनीले १३ उप शाखा तथा एक्सटेन्सन काउन्टरका लागि प्रमुख र अन्य कर्मचारी आवश्यक्ता भएको हुँदा पदपुर्तिका लागि कर्मचारी आब्हान गरेको जनाएको छ ।

कम्पनीले विर्तामोड, फिदिम, इलाम, कलैया, काठमाडौं, सिन्धुली, दमौली, लमही, राजवीराज, जनकपुर, हेटौडा, टिकापुर र सल्यानका लागि कर्मचारी माग गरेको जनाएको छ । न्युनतम स्नातक वा सो सरह उर्तिण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । सवारीचालक अनुमतिपत्र भएकालाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ भने स्थानीय उम्मेदवारहरुलाई प्राथमिकता दिइने समेत कम्पनीले जनाएको छ ।

प्रकाशित : २४ श्रावण २०८०, बुधबार ०७:३८