नेविसंघ केन्द्रीय समितिमा इलामबाट सात जना मनोनित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

नेविसंघ केन्द्रीय समितिमा इलामबाट सात जना मनोनित



काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ) केन्द्रीय समितिमा इलामका सात जना मनोनित भएका छन् । नेविसंघको तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप गर्ने क्रममा इलामबाट सात युवा नेताले अवसर पाएका हुन् ।

इलामबाट प्रतिनिधित्व गर्दै मनोनित हुनेहरुमा प्रेमिका रानामगरको नाम एक नम्बर छ भने संजिव ढकाल दुई नम्बरमा परेका छन् । विद्यार्थी आन्दोलनमा सक्रिय रानामगर यसअघि पनि केन्द्रीय समितिमा थिइन । उनले महेद्रोदय उच्च माविको इकाइ सभापति, क्षेत्रीय सदस्य, क्षेत्रीय उपाध्यक्ष र जिल्ला सदस्य समेत भएर काम गरिसकेकी छन् ।

काठमाडौंमा हुने विभिन्न आन्दोलनहरुमा सक्रिय देखिने ढकाल भने कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन् । उनी नेविसंघ आरआर क्याम्पस इकाइ सभापति र इलाम–काठमाडौं सम्पर्क समितिका सभापति समेत भइसकेका छन् ।

त्यस्तै ध्रुव राई, प्रकाश तामाङ, अनिल नेपाल, संजोककुमार खड्का, दुर्गा घिमिरे पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् । घिमिरे त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा इकाइ सचिब भइसकेका नेता हुन । राई, तामाङ, नेपाल र खड्का जिल्लाको विभिन्न तहमा रहेर सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा सोमबार सात सय १० सदस्य मनोनयन गरेका हुन् ।

सभापति देउवाले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी नेविसङ्घमा सदस्य थप गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति देउवाले विसं २०७८ चैत ९ गते नेविसङ्घको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए ।

प्रकाशित : २३ श्रावण २०८०, मंगलवार १५:४७