कृषि विकास बैंकका नेतृत्वलाई कारबाहीको माग गर्दै उजुरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

कृषि विकास बैंकका नेतृत्वलाई कारबाहीको माग गर्दै उजुरी



काठमाडाैं । कृषि विकास बैंकले प्रतिसेयर आम्दानी बढाएर सूचना प्रकाशन गर्दा लगानीकर्ता ठगिएको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी परेको छ। बैंकले प्रकाशन गरेको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी २०.६२ उल्लेख गरेको थियो।

पुनः २२ गते अर्को सूचना प्रकाशन गरेर प्रतिसेयर आम्दानी १४.९२ रुपैयाँ रहेको विवरण सार्वजनिक गरेको थियो। जसका कारण सोझा लगानीकर्ता फसेको भन्दै बैंकका संचालक समितिका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रमुख वित्त अधिकृत प्रेम कुमार श्रेष्ठ, वित्त तथा लेखा विभागका विभागीय प्रमुख मासु अधिकारीसहितलाई कारबाहीको माग गर्दै उजुरी परेको हो।

प्रकाशित : २३ श्रावण २०८०, मंगलवार १५:१८