सुदुरपश्चिममा किसान बहुउद्देश्यीय सहकारीको ‘बर्चस्व’, २८ बर्षमा ऐतिहासिक फड्को « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

Feature News

सुदुरपश्चिममा किसान बहुउद्देश्यीय सहकारीको ‘बर्चस्व’, २८ बर्षमा ऐतिहासिक फड्को



कैलाली । सहकारी भनेको सहकार्य हो । एकआपसमा सहकार्य गरेर अप्ठ्यारो परेको बेला सारथीका रुपमा उभिनु सहकारीको धर्म हो । कतिपयले सहकारी भन्नेवित्तिकै वचत संकलन र ऋण लगानी गरेर नाफा कमाउने संस्थाको रुपमा बुझ्ने गर्छन । झनै पछिल्लो समय सहकारीप्रति आम मानिसको धारणा बदलिंदो छ । सहकारीले बदमासी गरेका खबरहरु सार्वजनिक भइरहेका छन् । विश्वसनीयता माथि प्रश्न उठेको छ । तर सुदुरपश्चिममा पृथक पहिचान बनाएको किसान वहुउद्देश्यीय सहकारी संस्थाले भने तारिफ कमाइरहेको छ ।

किसान बहुउद्देश्यीय सहकारीका बहुसंख्यक सदस्य संस्था प्रति खुसी छन् । २८ बर्षे यात्रा पार गरिसकेको संस्थाले ब्यवसायिक मात्र होइन सामाजिक रुपमा पनि उत्तरदायी भूमिका निर्वाह गरिरहेकोप्रति सदस्यहरु खुलेरै तारिफ गर्न रुचाउँछन् ।

२०५२ कार्तिक १७ गते स्थापना भएको किसान सुदुरपश्चिमका सात वटा जिल्ला र लुम्बीनी प्रदेशको बर्दियासम्म शाखा बिस्तार गर्न सफल भएको छ । सहकारीमा ७८ हजार बढी शेयर सदस्य छन् । संस्थाले हाल ४२ शाखाबाट लघुवित्त कार्यक्रम अन्र्तगत सेवा दिंदै आएको छ ।

संस्थापक नन्दा शाही भन्छिन्,‘हामीले शुरुमा पाइनापल विस्टुक बेचेर संस्था बचाएका हौं । शुरुमा एक हजार शेयर खरिद गर्न अरुची देखाउनेहरु अहिले संस्थाबाटै करोडपती भएका छन् । हाल संस्थाको प्रगति देख्दा खुशीले शब्दहरु ब्यक्त गर्न सक्दिन ।’


हुन पनि २८ बर्षको दौरानमा संस्थाको कुल सम्पत्ति ५ अर्ब २५ करोड ६५ लाख माथि पुगेको छ । संस्थाले प्रकाशित गरेको २०८० असार मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थाको शेयरपुँजी ३९ करोड ९८ लाख, जगेडा कोषमा २० करोड ६ लाख र अन्य विभिन्न कोषहरुमा ५६ करोड ६५ लाख रकम पुगेको छ ।

संस्थाको बचत संकलन ३ अर्ब २२ करोड ७५ लाख, र ऋण लगानी ४ अर्ब १२ करोड ४० लाख पुगेको छ । असार मसान्तमा संस्थामा २७.१२ प्रतिशत (८६ करोड ४७ लाख ६२ हजार ७६९ रुपैया) तरलता कायम रहेको छ । कुल ७८ हजार ६८२ जना शेयरसदस्य रहेको संस्थाका ३३ हजार ९७५ जना सदस्यले ऋण लिएर कारोबार गरिरहेका छन् ।


संस्थाका महाप्रवन्धक डम्बर बहादुर शाह किसानको इतिहास गौरवमय रहेको बताउँछन् । ‘किसानलाई यहाँसम्म आउनुमा संस्थापक मात्र होइन तमाम शेयर सदस्यहरुको पनि उत्तिकै मेहेनत छ । अहिले सहकारीमा देखिएको समस्याको असर हामीले चिरेर अघि बढीरहेका छौं । बचतकर्ता वा शेयर सदस्यहरुको विश्वास जितेका छौं । संस्थालाई थप शसक्त र प्रविधिमैत्री बनाएर लैजान महत्वकांक्षी योजनाहरु अघि सारेका छौं’,उनले भने,‘संस्था स्थापनाका दुःख सम्झिदा अहिले गर्व लाग्छ । अझै काम गर्ने हुटहुटी जागेर आउँछ ।’

संस्थामा लगभग तीनसय कर्मचारीले सेवा दिइरहेका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत शुन्य क्लबहरुको गठन, सुत्केरी स्याहार खर्च, काजक्रिया खर्च, आगलागी पीडितलाई राहत, मृत्युलाभ खर्च उपलब्ध गराइरहेको शाहले बताए ।

सेवा विस्तारमा छलाङ

कैलालीको लम्कीमा प्रधान कार्यालय रहेको संस्थाले ४२ वटा सेवा केन्द्रबाट वित्तीय सेवा र चार वटा किसान कोप एग्रो आउटलेट तथा तीनवटा किसान कोप मार्टबाट कृषिजन्य तथा उपभोक्ता सेवा प्रदान गर्दै आएको छ । २५ जना शेयर सदस्यको ६० हजार ६ सय रुपैंयाँ शेयर पूँजीबाट शुरुभएको संस्थाले प्रारम्भमा लम्की, टीकापुर र जोशीपुरबाट कारोबार थालेको थियो । संस्थाले हाल सात जिल्लाका सबै स्थानीय पालिकाहरुसम्म पहुँच विस्तार गरिसकेको छ ।

महाप्रवन्धक शाह अगाडि भन्छन्,‘समयानुकुल संस्थागत विकासमा जोड दिएका छौं । प्रविधिलाई पूर्ण रुपमा आत्मसाथ गरेकाले थप विश्वास र आशा जागेको छ । लाग्छ अहिले स्थानिय स्तरमा हाम्रो संस्था नमुना तथा अग्रणी बनेको अनुभुत हुन्छ ।’ संस्थाले सहकारी वित्तिय सेवा, लघुवित्त सेवा, कृषि प्रवद्र्धन सेवा र मार्ट संचालनमा ल्याएको महाप्रवन्धक शाहले जानकारी दिए ।

प्रविधिमा अग्रणी
नीतिगत रुपमा प्रविधिमैत्री बन्न असहज भए पनि उपलब्ध प्रविधिको प्रयोगमा संस्थाले प्राथमिकतामा राखेको छ । सेवालाई स्मार्ट र सजिलो बनाउन प्रविधिका टुल्सहरुलाई उच्चतम प्रयोग गरिरहेको छ । संस्थाका सदस्यहरुको डिजिटल वित्तिय कारोवार अझै सहज बनाउनका लागि मोवाईलबाटै ई–सेवामा समेत पैसा लोड गर्न मिल्ने व्यवस्था यसअघि नै गरिसकेको छ ।

सदस्यहरुलाई आफ्नो खाताको विवरणबारे जानकारी दिनका लागि ‘किसान स्मार्ट’नामक मोबाइल बैंकिङ सेवा संचालन गरिरहेको छ । उक्त सेवामार्फत मिनी स्टेटमेन्ट हेर्न, जुनसुकै बंैकको खातामा रकम स्थानान्तरण गर्न, मोबाइलमा रिचार्ज गर्नदेखि बिजुली, खानेपानी, टिभी, ईन्टरनेट, डिसहोमको बिल भुक्तानी गर्न सहज बनाएको छ । हवाई जहाजको टिकट साथै सेवाहरु लिनका लागि किसान स्मार्ट प्रभावकारी देखिएको छ ।

मिसकल बैंकिङ सेवा भने लघुवित्त तर्फका सदस्यहरुको लागि उपलव्ध गराइएको छ । दिएको नम्वरमा सदस्यले मिसकल गरि संस्थामा रहेका सबै वचत खाताहरुमा रहेको जम्मा रकम तथा तिर्न बाँकी कर्जाको जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । संस्थाले किसान एससीटी डेबिट कार्ड (एटीएम)लाई प्रयोगमा ल्याएर नेपालभर र भारतमा समेत रकम निकाल्न सकिने सुविधा मिलाएको छ । त्यसबाहेक एसएमएस, ट्यावलेट बैंकिङ, क्यूआरमार्फत पनि सेवा दिइरहेको छ ।

कोप मार्ट र एग्रो विजिनेस

संस्थाले पूर्ण स्वामीत्वमा कैलालीको लम्कीमा गत बर्षको बैशाखबाट ‘किसान कोप–मार्ट’ संचालनमा ल्याइसकेको छ मार्टमा सुपथ मुल्यमा खाद्यन्न, तकारी तथा दैनिक उपभोग्यका सबै सामानहरु उपलब्ध गराइरहेको छ । मार्ट सार्बजनिक विदा, चाडपर्ब र शनिबार समेत गरी बर्षको ३ सय ६५ दिन नै बिहान ८ बजे देखिराति ९ बजेसम्म संचालन भइरहेको छ । अन्य दर्शन स्थानमा मार्ट संचालनमा ल्याउने संस्थाको तयारी छ ।

कृषि कर्मबाट आर्थिक रुपान्तरण र जनजीवनको आर्थिक स्तर उकास्ने उदेश्यले संस्थाले ‘किसान–कोप एग्रो विजनेश’ अवधारणामार्फत काम गरिरहेको महाप्रबन्धक शाह बताउँछन् । ‘मार्ट र एग्रो विजिनेस हाम्रो नयाँ अवधारणा हो । यसले शुरुवाती बर्षमै राम्रो प्रगति गरेको छ । हामी उत्साही छौं,’ उनले भने ।

कृषिमा निर्भर सदस्यहरुको आर्थिक स्तर उठाउने उद्देश्यले कृषि तालिम, परामर्श, सुलभ मुल्यमा रासायनिक मल, निशुल्क बिउविजन, निशुल्क उत्पादन सामाग्री तथा कृषि कर्जा वितरण गर्दै आएको संस्थाले अब एग्रो विजिनेशमार्फत कामको थालनी गरेको हो । संस्थाका सदस्यहरुलाई व्यवसायिक कृषिका लागि प्रेरित गरि आम्दानी बृद्धि गर्दै जिवनस्तर उकास्न विजिनेश परियोजना ल्याइएको पनि शाहीले जानकारी दिए । उक्त परियोजना अनुसार विउ विजन उत्पादन शुरु भइरहेको छ भने इको भिलेजको अवधारणा अनुसार काम अघि बढेको छ ।

अबको सपना

संस्थाले आफ्नो बर्चश्व र पहुँच विस्तार गर्ने महत्वकांक्षी योजना अघि सारेको छ । ‘समृद्धिका लागि समूदाय संगसंगै’ भन्ने नारा तय गरिसकेको छ । संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहका अनुसार संस्था सहकारिताको सिद्धान्त एवं मुल्य मान्यता अवलम्बन गरी गरिब, विपन्न तथा पिछडिएको वर्गहरुको सामाजिक र आर्थिक विकासका माध्यमबाट जीवनस्तरमा सुधार ल्याई स्वाबलम्बी समाजको निर्माण गर्दै समुदायमा आधारित दिगो, सबल एवम् सशक्त रुपमा स्थापित हुनेछ ।

अध्यक्ष शाहले आफ्नो सन्देशमा भनेका छन्,‘हामीले रजत बर्ष मनाइसकेका छौं । सोही बेला २५ वटा कार्यक्रम सार्वजनिक गरिसकेका छौं । त्यसका अलावा सदस्यको उद्यमशिलता विकासमा सघाउन उद्देश्यले संस्थाले जानकी गाउपालिकाको पथरैयामा एकिकृत कृषि फर्म तथा निशुल्क कृषि तालिम केन्द्र सन्चालनमा ल्याएको छ । यो कृषि फर्मको सिकाईबाट संस्थाले अन्य क्षेत्रमा समेत यस्तै फर्म तथा व्यवसायिक सिप प्रशिक्षक स्थलहरुको विकास गर्दै जाने लक्ष्य लिएको छ ।’

उनले अगाडि भनेका छन्,‘हाम्रा सदस्यका बेरोजगार छोराछोरीहरुलाई उद्यमी बनाउने लक्ष्यसहित नविन कार्यक्रम सन्चालनमा ल्याएका छौ । नबिन कार्यक्रमबाट हाम्रा सदस्यका बेरोजगार छोराछोरीहरुले निशुल्क प्राविधिक तालिम पाउनुका साथै व्यवसाय स्थापनाका लागि ऋण स्वरुप बिउ पुँजी समेत प्राप्त गर्नेछन् । सदस्यहरुलाई व्यवसायिक कृषितर्फ आकर्षितगरि उहाँहरुको आयस्तर बृद्धि तथा ऋणमा पहुँच बृद्धिका लागि तीन जना कृषि प्राविधिकमार्फत उन्नत कृषि खेती प्रविधि तथा व्यवसायिकरण बारे विभिन्न बालीहरुमा तालिम प्रदान गरिरहेको छ ।’

समुदायमा वित्तिय सेवाबाट बिमुख र कृषिमा आश्रित भई जिविको पार्जन गर्न उत्सुक सदस्यहरुलाई वित्तिय तथा गैर वित्तिय सेवामार्फत सबल बनाई उनीहरु संगसंगै माथि उठ्ने संस्थाको मुल ध्येय रहेको अध्यक्षले शाहले बताएका छन्

त्यसका साथसाथै संस्थाले लघुवित्त कार्यक्रमलाई नेपालकै नमूना प्रविधियुक्त लघुवित्त बनाउने, कार्य क्षेत्रका सम्पूर्ण स्थानिय तहका सबै वडाहरुमा सेवा विस्तार गर्ने, कुल परिवार संख्याको कम्तीमा ८० प्रतिशत घरधुरीमा सेवा पु¥याउने, एक घर एक स्वरोजगारका नारामार्फत गरिबी स्तर न्यूनीकरणमा सघाउने सपना पनि संस्थाले लिएको जनाइएको छ ।

समुदायमा वित्तिय साक्षरता, कोषलाई नियमित वृद्धि, संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई सामाजिक सुरक्षा योजना सेवा विस्तार, सदस्यहरुलाई उद्यमी बन्न प्रेरित गर्ने, कृषि उत्पादन तथा उत्पादन पश्चातका मुल्य श्रृखला सेवाहरुका लागि कृषक सदस्यको आय बृद्धिका कार्यक्रमहरु संचालन गर्ने संस्थाले सपना बनाएको छ ।

प्रकाशित : २३ श्रावण २०८०, मंगलवार १३:५०