राससको सेवामा छुट दिन इमानको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

राससको सेवामा छुट दिन इमानको आग्रह



काठमाडौं । आर्थिक मिडिया सञ्चालक संघ (इमान) ले राष्ट्रिय समाचार समिति (रासस) समक्ष सहुलियतपूर्ण समाचार सेवा उपलब्ध गराउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई आज उन्को कार्यकक्षमा इमानका अध्यक्ष रोयल आचार्यसहितको टोलीले भेटी विशिष्टीकृत क्षेत्रलाई जस्तै इमानलाई पनि समाचार सेवामा सहुलियतपूर्ण शुल्कमा सेवा उपलब्ध गराउन आग्रह गरेको हो ।

त्यस अवसरमा अध्यक्ष झाले राससको समाचार सेवा सर्वसुलभ ढङ्गले सबैतिर पुगोस् भन्ने रासस व्यवस्थापनको उद्देश्य रहेको जानकारी गराउँदै इमानको आग्रहबारे अध्ययन गरेर निर्णय लिइने बताए।

प्रकाशित : २३ श्रावण २०८०, मंगलवार ०७:३५