सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाडँफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाडँफाँड



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड भएको छ । असार ३१ देखि साउन १४ गतेसम्म निष्काशन गरिएको शेयार बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको ११ लाख २५ हजार कित्ता शेयर आज बाँडफाँड भएको हो । क्यापिटलका अनुसार यस आईपीओमा २७ हजार ६ सय ३२ जनाबाट आवेदन प्राप्त भएकोमा ४ जना आवेदकको आवेदन रद्द गरिएको छ। कूल २७ हजार ६ सय २८ जना आवेदकहरु शेयर पाउन योग्य भएको क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने ७ हजार ८ सय ८५ आवेदकहरुलाई माग बमोेजिम नै शेयर पाएका छन् । त्यस्तै ५० देखि २,००० कित्ता सम्म माग गर्ने १९,७४३ आवेदकहरुलाई ४० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ। ५० देखि २,००० कित्ता सम्म माग गर्ने १९,७४३ जनालाई गोलाप्रथा समावेश गराई १८ हजार २९ जनालाई थप १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ।यस हिसाबमा लगानीकर्ताले अधिकतम ५० कित्ता शेयर पाएका छन्।

आईपीओको नतिजा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट, मेरोशेयरको वेबसाइट र सिडीएसले आईपीओको नतिजा हेर्न तयार पारेकोको वेबसाइटबाट हेर्न सकिने छ।

श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड गरिएसंगै अब कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार १७:२९