दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले ३१ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा दोलखा जिल्लाको बिगु गाउँपालीका वडा नं ४ सिंगटी बजारमा प्रतिक्षालय निर्माण गरेको छ । प्रतिक्षालय संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता तथा बिगु गाउँपालीका वडा नं ४ का वडाअध्यक्ष रामचन्द्र खड्काको प्रमुख आतित्थ्यतामा उद्घाटन भएको थियो ।

प्रमख अतिथि खड्काले मिलिजुली कालिञ्चोक साकोसले बिगत देखीनै सामाजिक कार्य गर्दैआएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । संस्थाका अध्यक्ष श्रेष्ठले नवनिर्मित प्रतिक्षालयको संरक्षण गर्ने जिम्मा सिंगटी बजार बासीको भएको बताए । उनले संस्थाले आगामी दिनमा यस्ता सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिने र सेवालाई प्रविधि र मुस्कान सहितको सदस्य सेवा दिने बताए ।

कार्यक्रममा उद्योग बाणिज्य संघका उमेश श्रेष्ठ, नेपाल बैंकका अनिल श्रेष्ठ, प्रभु बैंकका रन्जीत बुढाथोकी, नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकका रोसनकुमार श्रेष्ठ, जनसचेतन साकोसका युवराज बस्नेत, च्छ्योरोल्पा साकोसका बिष्णु अर्याल, नमुना पर्यटन साकोसका मुना बुढाथोकी, सिंगटी बजार ब्यवस्थापन समितिका अध्यक्ष भानु खत्री, समाजसेवी दिलकृष्ण मल्ल ठकुरीलगाएत अतिथिहरु र सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थितलाई संस्थाको सञ्चालक समिति सदस्य एवं गगनचुम्बी शुभलक्ष्मी सेवाकेन्द्र सिंगटीका ब्यवस्थापन उपसमिति संयोजक शुरेसचन्द्र खड्काले स्वागत गरेका थिए । सेवाकेन्द्र प्रमुख चरित्र कुमार थापाले कार्यक्रम संचालन गरेका थिए ।





Comment