विदेशबाट राष्ट्रिय वाणिज्य बैंक मार्फत अब निशुल्क मनी ट्रान्सफर गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

विदेशबाट राष्ट्रिय वाणिज्य बैंक मार्फत अब निशुल्क मनी ट्रान्सफर गर्न सकिने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ४० लाख भन्दा बढी ग्राहकलाई डिजिटल बैंकिङ्ग मार्फत नयाँ नयाँ सुविधाहरु दिदै आइरहेको छ । बैंकले आफ्नो वेवसाइट, मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा ईन्टरनेट बैंकिङ्गको पोर्टलमा रहेको RBB Request Remit बाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने RBB Request Remit सुविधा सञ्चालनमा ल्याएको हो ।

यो सुविधा अन्तर्गत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ्ग र ट्रान्सफर प्रयोग गरी बैंकको RBB Request Remit पोेर्टलको Send Remit मार्फत रकम पठाउन सक्नेछन् ।

साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टल मार्फत अनुरोध गर्न सक्नेछन् । यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन भने रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा (ग्राहकले भरेको) रकम डिपोजिट हुनेछ । ग्राहकले विनिमय सटही दर पनि हेर्न सकिने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक र ललित मनि ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको व्यबस्था भएको हो । यस कार्यकालागि ललित मनि ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको छ । ग्राहकहरुले सुरक्षीत रुपमा बैंकको वेवसाइट , मोवाईल बैंकिङ्ग (डिजिटल संसार), तथा ईन्टरनेट बैंकिङ्गको पोर्टल https://smartbanking.rbb.com.np/#/ login वा सोझै https://www.rbb.com.np/content/rbb-request-remit माध्यमबाट बिना झन्झट एकै क्लिक गरी घरमै बसेर पठाउने र पाउने दुवैले रेमिटयान्स सुविधाको उपयोग गर्न सक्नेछन् ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार १५:२०