विजय कुमार गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

विजय कुमार गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वउपप्रधान एवम् भौतिक योजना मन्त्री विजय कुमार गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । संगठित अपराधमा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले बताएको छ ।
पूर्वमन्त्री गच्छदारसहित पक्राउ पूर्जी जारी हुनेमा राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उक्त प्रकरणमा ४ पूर्वसचिवसहित ४ सय ६ जनाविरुद्ध पक्राउ पूर्जी लिईसकेको छ ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त समेत रहेका दीप बस्न्यात फरार छन् ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार १२:२८