नबिल बैंकको संस्थापक शेयर विक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नबिल बैंकको संस्थापक शेयर विक्री खुला



काठमाडौं । नबिल बैंक लिमिटेडको ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणले खरीद गर्न सक्ने गरी विक्री खुला गरेको हो ।

ईच्छुक खरीदकर्ताहरूले आगामी सात दिनभित्र यो शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् । बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नक्साल, काठमाडौंमा आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।

शेयरको मूल्य निर्धारणको हकमा भने विक्रेता र क्रेताबीचको आपसी सहमतिमा कायम गरिने जानकारी समेत बैंकले दिएको छ । नबिल बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ४७४ रूपैयाँ रहेको छ ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार १२:१३