कुमारी बैंकले सञ्चालन गर्यो ‘विशेष मुद्दती खाता’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

कुमारी बैंकले सञ्चालन गर्यो ‘विशेष मुद्दती खाता’



काठमाडौं,  ४  फागुन । कुमारी बैंक लिमिटेडले वार्षिक १२ प्रतिशत ब्याजदर उपलब्ध गराउने गरी बिशेष मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
उक्त विशेष मुद्दती खातामा अग्रिम मासिक ब्याज भुक्तानी दिइनेछ । योजनामा न्यूनतम रु १ लाख मौज्दातमा ६ महिना अथवा १ वर्षसम्मका लागि मुद्दती खाता खोल्न सकिनेछ । व्यक्तिगत निक्षेपकर्ता तथा निजी संस्थाले यस योजनावाट लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

“बिशेष मुद्दती खाता” सञ्चालन गर्नेलाई १ वर्षका लागि निःशुल्क भिसा डेबिट कार्ड र मुद्दती खाताको अवधिभर निःशुल्क आस्वा सुविधा पनि उपलब्ध हुने छ ।

प्रकाशित : ४ फाल्गुन २०७३, बुधबार १६:३३