नेपाल लाईफ इन्स्याेरेन्सका पूर्व निमित्त सिइओ सुशिल चाैधरीको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

नेपाल लाईफ इन्स्याेरेन्सका पूर्व निमित्त सिइओ सुशिल चाैधरीको निधन



काठमाडाै‌ं। नेपाल लाईफ इन्स्याेरेन्सका पूर्व निमित्त प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चाैधरीकाे निधन भएकाे छ। चाैधरीकाे ६५ वर्षकाे उमेरमा शनिबार ग‌ंगालाल हृदय राेग केन्द्र काठमाडा‌ै‌ंमा निधन भएकाे हाे । पारिवारिक स्रोतका अनुसार मुटुकाे उपचारका क्रममा शनिबार अपरान्ह ४ः३० बजे निधन भएकाे हाे ।

२०७९ असार ३२ गते स्वेच्छिक अवकाश लिनु अघि चाैधरी नेपाल लाईफ इन्स्याेरेन्समा २१ वर्ष कार्यरत थिए । विराटनगरको शाखा प्रमुखका रुपमा प्रवेश गरेका चाैधरीले नेपाल लाइफबाट कार्यबाहक प्रमुख कार्यकारी अधिकृत पदबाट स्वेच्छिक अवकाश पछि अवकाश जीवन बिताउँदै आएका थिए । उनले नेपाल लाईफ प्रवेश गर्नु अघि राष्ट्रिय वाणिज्य बैंकमा २५ वर्षकाे काम गरेका थिए ।

चौधरीका एक छोरा र एक छोरी छन । चाैधरीकाे अन्त्येष्टी आइतबार उनकाे गृह नगर विराटनगरमा गरिने जानकारी परिवारजनले दिएका छन् ।

प्रकाशित : २० श्रावण २०८०, शनिबार २०:३०