सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश क्षमता कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश क्षमता कति ?



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आवमा वर्षमा ३४ करोड ३७ लाख २१ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

बैंकले आज चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको हो । आघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा ५२ करोड ७१ लख ७३ हजार रुपियाँ खुद नाफा गरेको थियो ।

बैंकले खुद ब्याज आम्दानी १ अर्ब ८० करोड ४१ लाख ६० हजार छ भने वितरणयोग्य नाफा २४ करोड ८९ लाख ५४ हजार छ । बैंकको लाभांश क्षमता ७.६२ प्रतिशत छ ।

बैंकको चुक्ता पूँजी ३ अर्ब २६ करोड ७५ लाख रुपियाँ र जगेडा कोष १ अर्ब ३ करोड ९१ लाख छ । खराब कर्जा ३.०६ प्रतिशत र प्रतिशेयर आम्दानी १०.५२ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित : २० श्रावण २०८०, शनिबार १९:३०