गुडविल फाइनान्सले कमायो ९ करोड १० लाख २३ हजार खुद नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

गुडविल फाइनान्सले कमायो ९ करोड १० लाख २३ हजार खुद नाफा



काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले गतवर्ष ९ करोड १० लाख २३ हजार खुद नाफा कमाएको छ ।

कम्पनीले आज चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको हो । अघिल्लो वर्ष समीक्षा अवधिमा १४ करोड ६६ लाख ३२ हजार खुद नाफा कमाएको थियो ।

कम्पनीको जगेडा कोषमा १ अर्ब ४६ करोड ३७ लाख रुपियाँ र हाल कायम चुक्ता पूँजी ९४ करोड ६१ लाख १५ हजार रुपियाँ छ ।

वितरणयोग्य नाफा १ करोड ८८ लाख २७ हजार रुपैयाँ र प्रतिशेयर आम्दानी ९.६२ रुपैयाँ छ ।

कम्पनीले खुद ब्याज आम्दानी ३३ करोड ५८ लाख ५६ हजार गरेको छ । त्यस्तै ११ अर्ब ४७ करोड २२ लाख रुपियाँ निक्षेप संकलन गरी ९ अर्ब ६ करोड ४४ लाख रुपियाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित : २० श्रावण २०८०, शनिबार १९:२२