गोर्खाज फाइनान्सले कमायो साढे १५ करोड नाफा, कस्तो छ वित्तीय अवस्था ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

गोर्खाज फाइनान्सले कमायो साढे १५ करोड नाफा, कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । गोर्खाज फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

फाइनान्सले शनिवार अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरी उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । अघिल्लो वर्ष समीक्षा अवधिमा ३५ करोड रुपैयाँ घाटा व्यहोरेको थियो ।

कम्पनीको सञ्चालन मुनाफा २९ करोड ३८ लाख रहेको छ । खुद ब्याज आम्दानी ९९.७० प्रतिशतले बढेर ३६ करोड ६१ लाख पुगेको छ भने रिजर्भको आकार ९९ करोड ८३ लाख रुपियाँ पुगेको छ ।

खराब कर्जा अनुपात घटेर १०.४७ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी १८.०६ र प्रतिशेयर नेटवर्थ १६७.२१ रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित : २० श्रावण २०८०, शनिबार १९:१८