सांग्रिला डेभलपमेन्ट बैंककाे यस्ताे छ वित्तिय विवरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सांग्रिला डेभलपमेन्ट बैंककाे यस्ताे छ वित्तिय विवरण



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३८ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा २१.८७ प्रतिशतले थोरै हो ।

अघिल्लो वर्ष बैंकले ४९ करोड रुपैयाँ ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ६.६८ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने ३१.८४ प्रतिशतले घटेको छ । इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो ।

यसअवधिमा बैंकको वितरण योग्य नाफा पनि २८.५८ प्रतिशतले घटेर २४ करोड ८९ लाख रुपैयाँमा झरेको छ । बैंकको निक्षेप संकलन ३.६७ प्रतिशतले बढ्दा कर्जा लगानी भने १.१४प्रतिशतले घटेको छ । यसको खराब कर्जा १.३९ प्रतिशत बाट बढेर ३.०६ प्रतिशतमा भएको छ । सांग्रिलाको प्रतिसेयर आम्दानी घटेर १० रुपैयाँ ५२ पैसा कायम भएको छ । गत वर्ष खराब कर्जा १.३९ प्रतिशत रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ४२ पैसा छ ।

प्रकाशित : २० श्रावण २०८०, शनिबार १८:१५